रंगेलीको बजेट ८१ करोड बढी

Share this
751shares
मुलुकी खबर
रवीन्द्र बराल
clock२०८३ असार ११, बिहीबार १२:३७

रंगेली । मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि ८१ करोड रूपैयाँभन्दा बढीको बजेट ल्याएको छ । रंगेलीले ८१ करोड ३३ लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो ।

१४औँ नगरसभामार्फत सार्वजनिक गरिएको बजेटले शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको छ । कार्यवाहक नगर प्रमुख तथा नगरसभा अध्यक्ष भूमा पराजुलीले वडा नम्बर ९ का वडाध्यक्ष चूडामणि रेग्मीलाई नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्न अनुमति दिएकी थिइन् ।

निवर्तमान नगर प्रमुख दिलीप बगडियाको विशेष आतिथ्यतामा सम्पन्न नगरसभामा वडाध्यक्ष रेग्मीले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गरेका थिए । प्रस्तुत बजेटअनुसार कुल विनियोजित रकममध्ये ६७ प्रतिशत चालुतर्फ र ३३ प्रतिशत पुँजीगततर्फ विनियोजन गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले बहुवर्षीय योजनालाई निरन्तरता दिँदै पूर्वाधार विकास, स्वास्थ्य सेवा र शिक्षालाई बजेटमा विशेष प्राथमिकतामा राखिएको बताए । नगरसभाको अवसरमा सेवा निवृत्त शिक्षक–शिक्षिकालाई सम्मान समेत गरिएको थियो ।

चालु आर्थिक वर्ष २०८२–०८३ का लागि रंगेली नगरपालिकाले ८३ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षका लागि भने बजेट घटेर ८१ करोड ३३ लाख ४८ हजार रुपैयाँमा सीमित भएको छ ।

तपाइको प्रतिक्रिया
जनताका प्रश्नको जवाफ दिन नसक्नु आत्मसमीक्षाको विषय हो: महामन्त्री घिमिरे
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
कांग्रेस महाधिवेशनमा दाहाल, रवि, भट्टराईसहित शीर्ष नेताको जमघट
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
गगन थापाले गरे कांग्रेसको १५ औँ महाधिवेशन उद्घाटन
पूर्णबहादुर खड्काको फेसबुक अकाउन्ट ह्याक
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
तेस्रो मिस्टर कञ्चनजंघा शारीरिक सुगठन प्रतियोगिताको तयारी पूरा
जितियाको निराहार व्रत तोड्दै महिलाले गरे पर्व समापन
अपहरणमा संलग्न युवक प्रहरीमाथि जाइलागेपछि गोली चलाइयो
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
जसपा नेपालका चार नेताको सामूहिक राजीनामा: ‘हुंकार मधेश’ अभियानमा सक्रिय 
मोरङमा ४६ सय संस्थाको अभिलेख खोतल्दै प्रशासन, नयाँ दर्ता पनि रोकियो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×