विराटनगरको भाटभटेनी असार २७ गतेदेखि पुनः सञ्चालनमा आउने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २३, मंगलबार ११:०७

विराटनगर । ‘जेनजी’ आन्दोलनका क्रममा गत भदौ २४ गते आगजनी भएकाे विराटनगरस्थित भाटभटेनी सुपरमार्केट आगामी असार २७ गते शनिबारदेखि पुनः सञ्चालनमा आउने भएको छ ।

करिब १० महिनाको पुनर्निर्माणपछि स्टोर  सञ्चालनमा आउन लागेकाे हाे ।  पुनः सञ्चालनको पूर्वसन्ध्यामा सोमबार स्टोरमा विशेष पूजासमेत गरिएको  थियाे । साेमबार नै  भाटभटेनीकी निर्देशक सावित्री घले गुरुङले पुनर्निर्माणमा अहोरात्र खटिएका करिब ३०० मजदुरलाई नगदसहित सम्मान गरेकी थिइन् ।

जेनजी आन्दोलनका क्रममा भाटभटेनीका देशभर रहेका २८ मध्ये १२ शाखा जलेर नष्ट भएका थिए, जसमध्ये विराटनगर पुनः सञ्चालनमा आउन लागेको आठौँ स्टोर हो ।

१० महिनाअघि भएकाे आगजनीबाट भाटभटेनीले करिब १० अर्ब ८५ करोड रुपैयाँको क्षति बेहोरेको थियो । हाल अत्याधुनिक सुरक्षा मापदण्ड र नयाँ डिजाइनसहित स्टोरलाई पुनर्निर्माण गरिएको छ । विराटनगरपछि झापाको बिर्तामोड र धरानकाे शाखा पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.