
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) कारोबार २४ अंकले बढेकाे छ । मौद्रिक नीतिको समीक्षा आउँदा बजार २४.५७ अंकले उकालो लागेको हो । आज बजार २६५१.६८ विन्दुमा पुगेकाे छ ।
बजार बढ्दा २१० कम्पनीको सेयर मूल्य बढेको छ । ५७ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आज चार अर्ब ४० करोड रुपैयाँबराबरको ९५ लाख १९ हजार कित्ता सेयर ७२ हजार २२ पटकमा किनबेच भएको छ ।
समूहगत सूचकतर्फ १३ वटै समूह बढेका छन् ।



















