२५ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी मोरङबाट पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १८:५२
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ

विराटनगर । कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय र एक लाख रुपैयाँ जरिबाना तोकिएका फरार कैदी ध्रुबबहादुर भुजेल मोरङबाट पक्राउ परेका छन् ।

जिल्ला अदालत सोलुखुम्बुले नेचासल्यान गाउँपालिका–२ का ३६ वर्षीय भुजेललाई उक्त सजाय सुनाएको थियो । उनी केन्द्रीय कारागार जगन्नाथदेवल काठमाडौंमा कैद भुक्तान गरिरहेका बेला जेनजी आन्दोलनको मौका छोपेर २०८२ साल भदौ २४ गते कारागारबाट फरार भएका थिए ।

गोप्य सूचनाका आधारमा प्रहरी चौकी गछियाले सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा लुकीछिपी बसेको अवस्थामा भुजेललाई मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई जिल्ला अदालत मोरङमा पेस गरिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । अदालतले कैद सजाय भुक्तानका लागि मोरङ कारागार चलान गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.