मेयरसहित १३ जनाविरुद्ध मुद्दा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २४, बुधबार १६:१९
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ

जनकपुरधाम । महोत्तरीको निगौल गाई गौशालाकी कार्यालय प्रमुख कान्तिकुमारी पाण्डेमाथि कुटपिट तथा दुर्व्यवहार भएको घटनामा गौशाला नगरपालिकाका मेयर, वडाध्यक्ष र नगर प्रहरीसहित १३ जनाविरुद्ध आपराधिक उपद्रव तथा हुलदंगा सम्बन्धी मुद्दा दर्ता गरिने भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गौशाला नगरपालिकाका मेयर डा. दीपेन्द्र महतो, वडा नम्बर २ का अध्यक्ष श्यामसुन्दर मण्डल, नगर प्रहरी प्रमुख टेकबहादुर लामा तथा अन्य आठ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो । घटनामा संलग्न रहेको आरोपमा वडा नम्बर ११ का दिनेश्वर महतो र वडा नम्बर ४ का इन्दल राउतलाई पनि सोही मुद्दामा प्रतिवादी बनाइएको छ ।

असार ११ गते गौशालाको स्वीकृतिबिना जग्गामा ढल निकास गर्न खोजिएको भन्दै त्यसलाई रोक्न पुगेकी पाण्डेमाथि हातपात र दुर्व्यवहार भएको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिविरुद्ध दुई पटक म्याद थप गरी अनुसन्धान जारी छ । पाण्डेले दिएको जाहेरीका आधारमा ११ जना नगरपालिकाका प्रतिनिधि तथा कर्मचारी र दुई स्थानीयवासीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

निगौल गाई गौशाला र गौशाला नगरपालिकाबीच पुरानो आर्थिक सहमति कार्यान्वयन नहुँदा लामो समयदेखि विवाद रहँदै आएको छ । २०६९ असार २२ गते भएको सहमतिअनुसार गौशालाको जग्गामा सञ्चालन हुने विभिन्न बजारबाट उठेको ठेक्का रकमको २५ प्रतिशत गौशालालाई उपलब्ध गराउने व्यवस्था थियो ।

तर, स्थानीय तहको पुनर्संरचनापछि पनि उक्त सहमति कार्यान्वयन नभएको गौशाला पक्षको दाबी छ । गौशालाको जग्गामा बजार सञ्चालन गरी राजस्व संकलन हुँदै आए पनि सम्झौताअनुसारको रकम प्राप्त नभएको भन्दै व्यवस्थापन पक्षले असन्तुष्टि जनाउँदै आएको छ।

तपाइको प्रतिक्रिया
कोशीमा खेल प्रतिभा कदर : पदक विजेतादेखि खेल पत्रकारसम्म पुरस्कृत
बाढी र मनसुनः त्रासमा मोरङका बस्ती
वैदेशिक रोजगारीको प्रलोभनमा ३९ लाख ठगी गर्ने दुई युवक पक्राउ
मेयरसहित १३ जनाविरुद्ध मुद्दा
मौद्रिक नीतिपछि नेप्सेमा दबाब, लगानीकर्ताको निराशाले ३० अंकको गिरावट
ट्रपले गरे युद्धविराम अन्त्यको घोषणा
सरकारको उद्देश्य व्यवसायी थुन्ने होइन, देश बनाउने हो : प्रधानमन्त्री
आपराधिक पृष्ठभूमिका अभिषेक गिरी : व्यवसायीको जग्गा हडप्दै, श्रीमतीको नाममा राख्दै
‘ह्वीप’को सहारामा कोशी प्रदेशको बजेट पारित
विराटनगरको कोशी अस्पतालमा उपचाररत ज्यान मुद्दाका बन्दीको मृत्यु
एमाले सांसद राईले सभामुखलाई तपाईं कान सुन्नु हुन्छ कि हुन्न भनेपछि…
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.