समुद्रमा भेटियो कार्गो विमानको अवशेष, पाँच सदस्य अझै सम्पर्कविहीन

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार ०७:२२

एजेन्सी । कराची बन्दरगाह नजिक अरब सागरमा बेपत्ता भएको कार्गो विमानको भग्नावशेष फेला परेको छ । विमानमा सवार चालक दलका पाँच सदस्यको खोजी जारी छ ।

पाकिस्तानी नौसेना र नागरिक खोज तथा उद्धार टोलीले करिब १२ घण्टाको खोजीपछि विमानका अवशेष पत्ता लगाएका हुन् । निजी वायुसेवा कम्पनी के–टु एयरवेजको उक्त विमान संयुक्त अरब इमिरेट्सको शारजाहबाट उडेको थियो । मंगलबार राति हवाई ट्राफिक नियन्त्रणसँग सम्पर्क विच्छेद हुनुअघि चालक दलले नेभिगेसन प्रणालीमा समस्या आएको जानकारी गराएका थिए ।

Advertisement

अधिकारीहरूका अनुसार मनसुनका कारण समुद्रमा प्रतिकूल मौसम र विशाल खोज क्षेत्रले उद्धार अभियानलाई कठिन बनाएको छ । प्रधानमन्त्रीले बेपत्ता चालक दलका परिवारप्रति समवेदना व्यक्त गर्दै खोज तथा उद्धारमा आवश्यक सबै स्रोत परिचालन गर्न निर्देशन दिएका छन् ।

वायुसेवा कम्पनीका अनुसार विमानमा क्याप्टेन मोहम्मद रिजवान इद्रिस, प्रथम अधिकृत फैसल जतोई, उडान इन्जिनियर मोहम्मद हमिद र मोहम्मद आरिफ सिद्दिकी तथा विमान लोडर मोहम्मद तौफिक खान सवार थिए ।

पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार विमान कराचीबाट करिब १५५ समुद्री माइल पश्चिम पुगेपछि सम्पर्कविहीन भएको थियो । राडार तथ्यांकले सम्पर्क टुट्नुअघि विमानले दिशा परिवर्तन गरेको र तीव्र रूपमा उचाइ घटाएको देखाएको छ ।

उड्डयन विज्ञहरूले दुर्घटनाको कारण अनुसन्धानपछि मात्र स्पष्ट हुने बताएका छन् । प्रारम्भिक सूचनाले प्राविधिक समस्या देखाए पनि यथार्थ कारण पत्ता लगाउन थप प्रमाण आवश्यक रहने उनीहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
नेपाल पाकिस्तानसँग पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×