
विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको २ हजार ८ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ८५ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य आइतबार २ लाख ८८ हजार रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य एक सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी प्रतितोला ४ हजार ३ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य आइतबार तोलाको ४ हजार ४ सय ७५ रुपैयाँ थियो ।



















