कांग्रेस सभापतिकाे निवास अगाडि पनि राखियाे गाडी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार १६:०३

काठमाडौं । तीन ठूला मिडिया हाउस अगाडि शंकास्पद गाडी भेटिएलगतै नेपाली कांग्रेसका सभापति गगन थापाको निवास अगाडि पनि शंकास्पद् गाडी राखेको पाइएको छ ।

सभापति थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको गाडी पार्किङ गरिएको हाे ।

उक्त गाडी बाइकसमेत निस्कन नमिल्ने गरी बिहान ७ बजेदेखि राखिएको स्थानीयले बताएका छन् । प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

यसअघि सोमबार बिहानैदेखि यसैगरी अनलाइनखबर, हिमालय टीभी र कान्तिपुर पब्लिकेसन्सका कार्यालय अगाडि पनि यसैगरी शंकास्पद गाडी पार्किङ गरिएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.