कोशी प्रदेशको बजेट खर्च २६ अर्ब

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार १६:१५

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२– ८३ मा कुल २६ अर्ब २५ करोड रुपैयाँ बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय, विराटनगरले सार्वजनिक गरेको आर्थिक वर्षको प्रारम्भिक विवरण अनुसार २६ अर्ब २५ करोड ५१ लाख ४७ हजार ९४१ रुपैयाँ खर्च गरेको हो । यो कुल बजेटको ७२ प्रतिशत हो ।

प्रदेश सरकारले गत साउनमा चालु आर्थिक वर्षका लागि कुल ३६ अर्ब ९ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो । तर, स्रोत व्यवस्थापनमा देखिएको चुनौती र खर्चको सुस्तताका कारण मध्यावधि समीक्षामार्फत बजेटको आकार घटाएर ३२ अर्ब ४५ करोडमा झारिएको थियो । संशोधित बजेटको तुलनामा पनि सरकारले पूर्ण खर्च गर्न सकेन् ।

Advertisement

लेखा नियन्त्रक कार्यालयका अनुसार पुँजीगत तर्फ १२ अर्ब ३८ करोड ५८ लाख रुपैयाँ खर्च भएको छ । चालु खर्चतर्फ १३ अर्ब ८२ करोड १२ लाख रुपैयाँ खर्च भएको छ ।

मन्त्रालयगत खर्चको विवरण हेर्दा सबैभन्दा ठूलो बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयले सबैभन्दा बढी खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ७ अर्ब ४५ करोड ३३ लाख, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले ४ अर्ब ९ करोड ८७ लाख, स्वास्थ्य मन्त्रालयले २ अर्ब ५० करोड, पर्यटन, वन तथा वातावरण मन्त्रालयले २ अर्ब १२ करोड ४३ लाख, आर्थिक मामिला तथा योजना मन्त्रालयले १ अर्ब ८९ करोड, उद्योग, कृषि तथा सहकारी मन्त्रालयले १ अर्ब १९ करोड ७९ लाख, सामाजिक विकास मन्त्रालयले ८९ करोड ९६ लाख, आन्तरिक मामिला तथा कानून मन्त्रालयले ६४ करोड ६७ लाख खर्च गरेको छ ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.