
काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)को महाप्रबन्धककाे समेत काम गर्नेगरी कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको रूपमा नियुक्त गरेको हाे ।
सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार संस्कृति, पर्यटन मन्त्रालयको प्रस्तावमा श्रेष्ठलाई उक्त जिम्मेवारी दिइएको हाे ।
‘नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धकसमेतको काम गर्नेगरी कार्यकारी अध्यक्षको पदमा नियुक्त गर्ने,’ मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

























