पूर्वगृहमन्त्री खाणलाई दुई वर्ष कैद सजाय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार २०:१०
बालकृष्ण खाण (बीचमा)

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडाैंले नक्कली शरणार्थी प्रकरणमा दुई वर्ष कैद सजाय सुनाएकाे छ । मंगलबार जिल्ला अदालत काठमाडौंले खाणलाई २ वर्ष कैद र २० हजार जरिबानाकाे सजाय सुनाएकाे हाे ।

नक्कली शरणार्थीसम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि जिल्ला अदालत, काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय सुनाएको हो।

उनलाई ठगीमा १ वर्ष कैद र १० हजार जरिबाना, संगठित अपराधमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना निर्धारण गरिएको छ । राज्य विरुद्धको कसुरमा ६ महिना कैद र पाँच हजार जरिबाना तोकिएको छ। त्यस्तै थप तीन महिना कैद तोकिएको छ।

अदालतले एकीकृत तर्फ दुई वर्ष कैद र २० हजार जरिबाना निर्धारण गरेको हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.