सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा शव फेला

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार २०:०३

विराटनगर । सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा मंगलबार साँझ एक जना पुरुषको शव फेला परेको छ ।

मोरङको जहदा गाउँपालिका–३ र विराटनगर महानगरपालिका–१४ को सिमानामा शव भेटिएको हो । स्थानीयले सिंघिया खोलामा शव देखेपछि साँझ ५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार खोलाको किनारमा शव फेला परेका अन्दाजी ३०–३५ वर्षीय पुरुषको पहिचान खुल्न सकेको छैन ।

Advertisement

इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी खोलाबाट बाहिर निकालेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले शवको सनाखतको प्रयास भइरहेको जानकारी दिए ।

‘खोलाले बगाएर ल्याएको अवस्थामा शव फेला परेको छ । तर, हालसम्म पहिचान खुल्न सकेको छैन । सनाखतका लागि सबैतिर हुलिया गरिसकिएको छ,’ उनले भने । डीएसपी मिश्रले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
पूर्वप्रधानमन्त्री नेपालविरुद्धको जग्गा हिनामिना मुद्दामा साक्षी बकपत्र गराउन आदेश
व्यवसायी शेखर गोल्छासँग विशेष अदालतद्वारा एक करोड धरौटी माग
सुनसरी र सिराहाका चार जनालाई शहीद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.