
काठमाडौं । नेकपा एमाले नेता तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई नक्कली शरणार्थी प्रकरणमा ४ वर्ष कैद र ४० हजार जरिबानाकाे फैसला भएकाे छ । यसअघि उनी दाेषी देखिएका थिए । जिल्ला अदालत काठमाडौले आज सजाय निर्धारण गरेको हो ।
अदालतले पूर्वउपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरी सजाय निर्धारण गरेकाे हाे । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई जिल्ला अदालत काठमाडाैंले नक्कली शरणार्थी प्रकरणमा दुई वर्ष कैद २० हजार जरिबानाकाे सजाय सुनाएकाे छ ।

























