भारतीय चार विश्वविद्यालयका ११४ जनाको समकक्षता त्रिविद्वारा खारेज

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १९:४५

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले भारतका चार विश्वविद्यालयबाट अध्ययन पूरा गरेका ११४ विद्यार्थीलाई प्रदान गरिएको शैक्षिक समकक्षता रद्द गरेको छ ।

केन्द्रले बुधबार सूचना जारी गर्दै यसअघि प्रकाशित ३५ दिने सूचनाको अवधि सकिएपछि प्राप्त कागजातका आधारमा समकक्षता कायम राख्नुपर्ने पर्याप्त आधार नदेखिएकाले सम्बन्धित विद्यार्थीको समकक्षता रद्द गरिएको जनाएको हो । केन्द्रका अनुसार त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम, २०८२ को विनियम २१ बमोजिम समकक्षता रद्द गरिएको हो ।

यसअघि गोरखापत्र दैनिकमार्फत ३५ दिनभित्र आवश्यक प्रमाणसहित उपस्थित हुन सम्बन्धित व्यक्तिलाई सूचना जारी गरिएको थियो । तर, पेस गरिएका कागजातले समकक्षता कायम राख्ने आधार पुष्टि नगरेकाले अन्तिम निर्णयस्वरूप समकक्षता खारेज गरिएको केन्द्रले स्पष्ट पारेको छ ।

रद्द गरिएका समकक्षतामध्ये भारतको मेघालयस्थित सीएमजे विश्वविद्यालयबाट डिग्री लिएका १३ जना, मणिपुरस्थित सङ्गाई इन्टरनेसनल युनिभर्सिटीबाट डिग्री हासिल गरेका ९८ जना, झारखण्डस्थित प्रज्ञान इन्टरनेसनल विश्वविद्यालयबाट अध्ययन गरेका एक जना तथा टेक्नो ग्लोबल विश्वविद्यालयबाट डिग्री लिएका दुई जना विद्यार्थी रहेका छन् ।

भारतको सम्बन्धित सरकारी निकायले ती विश्वविद्यालयबाट प्रदान गरिएका शैक्षिक योग्यतालाई अवैधानिक ठहर गरेपछि त्रिविले यसअघि आफूले प्रदान गरेको समकक्षताको वैधतामाथि छानबिन गर्न समिति गठन गरेको थियो । छानबिनका क्रममा केही विद्यार्थी सम्पर्कमा आएर कागजातसमेत पेस गरेका थिए । तर, ती कागजातले समकक्षता कायम राख्न आवश्यक कानुनी तथा प्राविधिक आधार पुष्टि गर्न नसकेपछि अन्ततः ११४ जनाको समकक्षता रद्द गरिएको केन्द्रले जनाएको छ ।

तपाइको प्रतिक्रिया
भारतीय चार विश्वविद्यालयका ११४ जनाको समकक्षता त्रिविद्वारा खारेज
प्रतिनिधिसभा साउन १४ सम्म स्थगित
कोशीको सम्भावित सत्ता समीकरण : नेकपालाई फकाउँदै कांग्रेस–एमाले
विराटनगरमा दिनबन्धु गोयल सम्मानित
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सम्पत्ति छानबिन आयोगसम्बन्धी मुद्दामा चार कानुनविद् अदालतको सहयोगी नियुक्त
तीन महिनामै नेप्सेमा ठूलो पहिरो, लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति
सुकुम्वासी पुनर्स्थापनामा संसद्‌मा जरुरी प्रस्ताव
सुरक्षा र कूटनीतिमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने
सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगको काम रोकियो
विश्वकपको महायुद्ध : इतिहास बोकेको इङ्ग्ल्यान्ड र अर्जेन्टिना भिड्दै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.