दुर्घटनामा १४ जनाको मृत्यु

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार १२:२५
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 

एजेन्सी । पेरुको उत्तरी पहाडी क्षेत्रमा यात्रुवाहक भ्यान दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

राजधानी लिमाबाट करिब ८ सय किलोमिटर उत्तरमा पर्ने काजामार्काको सान जुआन नगरपालिकानजिक भ्यान सडकबाट तल खोलामा खसेको हो । स्थानीय अधिकारी रिकार्डो चिलोनका अनुसार दुर्घटनामा चालक र एक बालकसहित १४ जनाको ज्यान गएको पुष्टि भएको छ । घाइते पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

दुर्घटनामा परेको भ्यानमा सान जुआन जिल्लाबाट सियुडाड डे डिओसतर्फ जाँदै गरेका १९ जना सवार थिए । दुर्घटनालगत्तै प्रहरी, अग्निशमनकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका थिए ।

अग्निशमन विभागका अधिकारी एडसन रोमनका अनुसार भ्यान खोलाभित्र अड्किएकाले उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको छ । केही शव निकाल्न कठिनाइ भइरहेको उनले बताएका छन् । दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान सुरु गरिएको छ ।

पेरुमा जीर्ण सडक, ट्राफिक नियमको कमजोर पालना र मानवीय त्रुटिका कारण सडक दुर्घटनाका घटना बारम्बार हुने गरेका छन् । सरकारी तथ्यांकअनुसार गत वर्ष मात्र सडक दुर्घटनामा तीन हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए ।

तपाइको प्रतिक्रिया
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
नेपाल पाकिस्तानसँग पराजित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×