बागमती सरकारबाट बाहिरिँदै एमाले : ६ मन्त्रीले सामूहिक राजीनामा दिने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १४:३८

काठमाडाैं । बागमती प्रदेश सरकारमा एमालेबाट सहभागी मन्त्रीले राजीनामा दिने भएका छन् । एमालेले सरकारलाई दिएको समर्थन नेकपा (एमाले) ले फिर्ता लिने भएको छ ।

नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारमा  एमालेबाट ६ जना मन्त्री सहभागी छन् । उनीहरुले सामूहिक राजीनामा दिने तयारी छ ।

Advertisement

मन्त्रीहरू हेटौंडा बाहिर रहेकाले एमाले संसदीय दलको कार्यालयमार्फत इमेलबाट राजीनामा बुझाउन लागिएको स्वास्थ्य मन्त्री किरण थापाले जानकारी दिए । यसअघि असार ३२ गते नै राजीनामा दिने तयारी गरे पनि पार्टी केन्द्रको निर्देशनपछि उनीहरू रोकिएका थिए ।

राजीनामा दिने मन्त्रीहरूमा मधुसूदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ रहेका छन् । मुख्यमन्त्री बानियाँले साउन १ गतेदेखि लागू हुने गरी मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेपछि एमालेका मन्त्रीहरूलाई जिम्मेवारीविहीन बनाएका छन् ।

एमालेले समर्थन फिर्ता लिए बागमती प्रदेश सरकार अल्पमतमा पर्नेछ ।

तपाइको प्रतिक्रिया
पातालगंगा सहकारी ठगी प्रकरण : अध्यक्ष खनाललाई ६ वर्ष कैद सजाय, परिवारका सदस्य दोषी ठहर
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’ : माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’: माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
झापामा करेन्ट लागेर दुई युवकको मृत्यु
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
काठमाडौंबाट धरान आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाइते 
नयाँ समीकरणका लागि कांग्रेस-एमाले फकाउँदै नेकपा
२३ जिल्लामा राती सवारी चलाउन रोक
बागमती सरकारबाट बाहिरिँदै एमाले : ६ मन्त्रीले सामूहिक राजीनामा दिने
‘प्रदेश सरकारको अस्थिरतामा एमाले-कांग्रेस नै दोषी, प्रदेशसभा विघटनको हल्ला निराधार’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×