नयाँ समीकरणका लागि कांग्रेस-एमाले फकाउँदै नेकपा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १५:११

काठमाडाैं । नेपाली कांग्रेसले नेकपा एमालेसँगकाे सहकार्य ताेड्ने बताएपछि प्रदेश सरकार गठनमा निर्णायक देखिएकाे नेपाली कम्युनिष्ट पार्टीले नयाँ सरकारका लागि दाैडधुप बढाएकाे छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नयाँ सत्ता सहकार्यका लागि दौडधुप तीव्र पारेका हुन् ।

नेकपाका प्रभावशाली नेताद्वय वर्षमान पुन र प्रमेश हमाल कांग्रेस र एमालेका शीर्ष नेताहरूसँग संवाद गरिरहेका छन् । शुक्रबार नेकपाका सहसंयोजक माधवकुमार नेपालले दुवै नेतालाई बोलाएर वर्तमान राजनीतिक गतिरोध अन्त्य र नयाँ सहकार्यका लागि संवाद गर्न विशेष निर्देशन दिएका थिए ।

Advertisement

माधव नेपालको निर्देशनपछि पुन र हमालले शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग झण्डै डेढ घण्टा छलफल गरेका थिए । शनिबार नेपाली कांग्रेस सभापति गगन थापासँग छलफल गर्दैछन् ।

एमालेसँगको संवादको प्रगति र कांग्रेसको आगामी रणनीतिबारे बुझ्न उनीहरूले थापासँग छलफल गर्न लागेका हुन् ।

नेकपाभित्र अहिले कुन दलसँग सहकार्य गर्ने भन्नेमा दुई धार देखिएको छ । केही नेताहरू कांग्रेससँग मिलेर जानुपर्ने पक्षमा छन् भने अधिकांश नेता र कार्यकर्ताहरू एमालेसँग कार्यगत एकतासहित अघि बढ्नुपर्ने अडानमा छन् । आन्तरिक मतभेदका बीच दुई नेताले दुवै ठूला दललाई ‘फकाउने’ रणनीति अख्तियार गरेका हुन् ।

तपाइको प्रतिक्रिया
पातालगंगा सहकारी ठगी प्रकरण : अध्यक्ष खनाललाई ६ वर्ष कैद सजाय, परिवारका सदस्य दोषी ठहर
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’ : माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
‘श्रम शोषण बन्द गर, उचित पारिश्रमिक दे’: माग राख्दै काठमाडौंमा युवा चिकित्सकको प्रदर्शन
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
मन्दिरको सामान चोरी गर्ने तीन युवक पक्राउ 
झापामा करेन्ट लागेर दुई युवकको मृत्यु
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ 
काठमाडौंबाट धरान आउँदै गरेको बस दुर्घटना हुँदा ८ जना घाइते 
नयाँ समीकरणका लागि कांग्रेस-एमाले फकाउँदै नेकपा
२३ जिल्लामा राती सवारी चलाउन रोक
बागमती सरकारबाट बाहिरिँदै एमाले : ६ मन्त्रीले सामूहिक राजीनामा दिने
‘प्रदेश सरकारको अस्थिरतामा एमाले-कांग्रेस नै दोषी, प्रदेशसभा विघटनको हल्ला निराधार’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×