
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँ तथा चाँदी ५० रुपैयाँ बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य अघिल्लो दिन ४ हजार ३२० रुपैयाँ थियाे । आज ४ हजार ३७० रुपैयाँ कायम भएको छ ।



















