सुकुना माविमा छात्रा दुर्व्यवहार प्रकरण : पक्राउ पर्नेको संख्या ४ पुग्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार १३:५९

विराटनगर । मोरङको सुन्दरहरैँचास्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा थप एक शिक्षक पक्राउ परेका छन् । फरार रहेका संगीत शिक्षक भीम नेपाललाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो । यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको छ ।

यसअघि प्रहरीले विद्यालयका लेखा अधिकृत र शिक्षक अविरल मास्के, शिक्षक किशोरलाल गच्छदार र बस चालक प्रदीप भट्टराईलाई पक्राउ गरेकाे थियाे ।

Advertisement

सामाजिक सञ्जालमा सार्वजनिक भएका च्याट र प्राप्त उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विद्यालयले आरोपितमध्ये मास्के, नेपाल र भट्टराईलाई यसअघि नै निलम्बन गरिसकेको छ । घटनाकाे बारेमा सुक्ष्म अनुसन्धान भइरहेको माेरङ प्रहरीका डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×