विद्यार्थी आन्दोलनको मुद्दामा मोदी सरकारमाथि विपक्षीको दबाब

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ०६:१९

एजेन्सी । भारतमा परीक्षा प्रणाली सुधारको माग गर्दै भइरहेको विद्यार्थी आन्दोलनमाथि भएको प्रहरी कारबाहीलाई लिएर विपक्षी दलले प्रधानमन्त्री नरेन्द्र मोदी सरकारमाथि दबाब बढाएको छ ।

भारतीय राष्ट्रिय कंग्रेसका नेता तथा लोकसभाका विपक्षी दलका नेता राहुल गान्धीले विद्यार्थीमाथि भएको दमनको जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै प्रधानमन्त्री मोदीको राजीनामा माग गरेका छन् । मंगलबार नयाँ दिल्लीमा प्रधानमन्त्री निवासतर्फ मार्च गर्ने क्रममा राहुल गान्धी, प्रियंका गान्धी वाड्रा तथा अन्य विपक्षी सांसदलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको थियो । केही समय हिरासतमा राखेपछि उनीहरूलाई रिहा गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Advertisement

राहुल गान्धीले सामाजिक सञ्जालमार्फत सरकार विद्यार्थीको आवाज सुन्न तयार नभएको र संसद्मा समेत यस विषयमा छलफल गर्न नचाहेको आरोप लगाए । उनले युवाको भविष्यसँग जोडिएको विषयमा सरकार जवाफदेही हुनुपर्ने बताए ।

यो विवाद सोमबार जन्तर–मन्तर क्षेत्रमा भएको विद्यार्थी प्रदर्शनपछि थप चर्किएको हो । परीक्षा प्रणालीमा सुधार, प्रश्नपत्र चुहावट रोक्न प्रभावकारी व्यवस्था र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै हजारौं विद्यार्थी तथा युवाहरू आन्दोलनमा उत्रिएका थिए ।

प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा करिब ६० जना प्रदर्शनकारी घाइते भएका छन् । दिल्ली प्रहरीका अनुसार ११८ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रहरीले अश्रुग्यास र लाठीचार्ज प्रयोग गर्नुपरेको जनाएको छ भने प्रदर्शनकारीले अत्यधिक बल प्रयोग भएको आरोप लगाएका छन् ।

ुककरोच जनता पार्टी (सीजेपी) नामक अनलाइन अभियानको आह्वानमा सुरु भएको आन्दोलनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ । सीजेपीले शिक्षा प्रणालीमा व्यापक सुधार नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ । संस्थापक अभिजीत दिपके र प्रवक्ता आशुतोष राङ्काले सरकारले माग सम्बोधन नगरे आन्दोलन थप सशक्त बनाइने बताएका छन् ।

विपक्षी दलले विद्यार्थीमाथिको प्रहरी कारबाहीबारे संसद्मा छलफलको माग गरेपछि मंगलबार संसद् बैठकसमेत अवरुद्ध भएको छ । पछिल्ला वर्षहरूमा मेडिकल तथा अन्य प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नपत्र चुहावट र अनियमितताका घटना दोहोरिएपछि विद्यार्थी र अभिभावकमा असन्तुष्टि बढ्दै गएको विपक्षीको दाबी छ ।

यता, संसदीय मामिला मन्त्री किरेन रिजिजुले सरकारले परीक्षा अनियमिततामा संलग्नमाथि कारबाही अघि बढाइसकेको बताएका छन् । प्रधानमन्त्री मोदीले भने यस विषयमा हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

तपाइको प्रतिक्रिया
सेयर बजार ७ अंकले बढ्यो
खाँदबारी–सभा खोला सडक दैनिक ९ घण्टा बन्द
खाँदबारी–सभा खोला सडक दैनिक ९ घण्टा बन्द
मोरङ उर्लाबारीका छत्रबहादुर : परदेशबाट फर्किने प्रतीक्षामा परिवार, तर बाकसमा आयो शव
भारी हिमपातले आरोहण प्रभावित
बाढी प्रभावित परिवार बसाउन २७७ कित्ता जग्गा पहिचान
 गाँजा खेतीलाई वैधानिकता दिने सरकारको तयारी
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कार्यवाहक प्रधानमन्त्री
एमाले बैठकमा नेतृत्वको कार्यशैलीमाथि प्रश्न, पुनर्गठन कार्यदलको प्रतिवेदन माग
भरत दाहालको रिटमा कारण देखाउ आदेश
त्रिपुरेश्वर बस आगलागीमा मृत्यु भएका चालकको पहिचान खुल्यो
सहारा नेपालको निर्वाचनमा होमिएकी प्रमिला तिम्सिना, उत्कृष्ट बुहारीदेखि महिला सदस्यको उम्मेदवारसम्म
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×