
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ७.०६ अंकले बढेको छ । योसँगै नेप्से परिसूचक २ हजार ६५४ अंकमा पुगेको छ ।
आज कारोबार रकम पनि बढेको छ । ७ अर्ब ४ करोड रुपैयाँको कारोबार भएको छ । अघिल्लो दिन ६ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएको थियो ।
आज अन्य समूहको सूचक सबैभन्दा धेरै १.३६ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र माइक्रोफाइनान्स समूह पनि बढेका छन् । फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूह घटेका छन् ।
आज १३७ कम्पनीको सेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ भने ११ कम्पनीको स्थिर रहेको छ ।
मिडसोलु हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । फर्स्ट माइक्रोफाइनान्स ७.७५, मैलुङखोला जलविद्युत् ५.६३ र माण्डु हाइड्रोपावर ५.४३ प्रतिशतले बढेका छन् ।
स्नो रिभर्सको मूल्य सबैभन्दा धेरै ८.२३ प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंक ६.९६, बोटलर्स नेपाल (बालाजु) ६.७५ र इन्फिनिटी लघुवित्त ५.६४ प्रतिशतले घटेका छन् । कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर र शिवम् सिमेन्ट अगाडि रहेका छन् ।

























