कप्तानगन्ज घटनाको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार १३:१६

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र डिजेको प्रयोगमा प्रतिबन्ध लगाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि डिजे बजाउन प्रतिबन्ध लगाइएको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाहका विभिन्न समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कुनै पनि सार्वजनिक वा निजी कार्यक्रममा डिजे प्रयोग गर्न पाइने छैन । प्रशासनले ध्वनि प्रदूषण नियन्त्रण, सार्वजनिक शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले यस्तो निर्णय गरिएको जनाएको छ ।

Advertisement

सूचनाको उल्लंघन गर्दै कसैले डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ । जिल्ला प्रशासन कार्यालयले मोरङवासीलाई सूचनाको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा बोलबम जाने क्रममा युवाहरुले डिजे बजाएको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको थियो । डिजेको आवाजले असर गरेको भन्दै अर्को पक्षले अवरोध गर्न खोज्दा विवाद बढेर झडप हुन पुग्यो ।

दुई समुदायबीचको विवाद झडपमा परिणत भएपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर ९ जना घाइते भएका थिए । १३ जना सुरक्षाकर्मीसमेत घाइते भएका छन् ।

घटनाको विरोधमा सुनसरी, मोरङसहित विभिन्न स्थानमा प्रदर्शन चर्किएको छ । आन्दोलनका नाममा विभिन्न स्थानमा आक्रमण, आगजनी र तोडफोडका घटनासमेत भएका छन् ।

तपाइको प्रतिक्रिया
कार्कीको कटाक्ष– ‘लास र दास बोकेको बसलाई अधिवेशनको शुभकामना’
अदालत भित्रैबाट बिचौलिया पक्राउ
मोरङमा ९६ किलो गाँजासहित पक्राउ परेकाहरू धरौटीमा छुटे, अनुसन्धान र अभियोजनमा गम्भीर प्रश्न
विवाद समाधान गरी एकताको महाधिवेशन गर्न माग
प्रशासनको प्रतिबन्धलाई चुनौती : विराटनगरमा खुलेआम घन्किँदै डिजे
१३ देशका लागि राजदूत सिफारिस
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह असोज ६ गते न्यूयोर्क जाने
विदेशी चलखेलका कारण मुलुक संकटमाः नेपाल
मौलिक हक कार्यान्वयनका बाँकी कानुन निर्माणलाई प्राथमिकता दिएका छौँ : मन्त्री गौतम
सरकारविरुद्ध आन्दोलनको तयारीमा छौँ : प्रचण्ड
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×