ग्यास अभाव सम्बोधन गर्न मुख्यसचिवको अध्यक्षतामा उच्चस्तरीय छलफल

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार १८:०९

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको खाना पकाउने ग्यास अभावको समस्या समाधानका लागि आज (मंगलबार) मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष छलफल सम्पन्न भएको छ।

विभिन्न मन्त्रालयका सचिवहरू, नेपाल आयल निगमका पदाधिकारी र ग्यास उद्योगीहरूको सहभागिता रहेको छलफलमा ग्यास अभाव हुनुको कारण र तत्काल समाधानका उपायबारे वृहत् विमर्श भएको छ।

Advertisement

छलफलका क्रममा व्यवसायीहरूले बजारमा ग्यासको वास्तविक अभाव नभएको तर आधा सिलिन्डरबाट पुनः भरी सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताले आवश्यकताभन्दा बढी भण्डारण गर्दा माग एक्कासि बढेको जानकारी गराए।

यस समस्यालाई सम्बोधन गर्न र आगामी चाडपर्वमा आपूर्ति सहज बनाउन ग्यास आयात बढाउने तथा वितरण प्रणालीलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच समन्वय गर्ने निर्णय भएको छ।

मुख्यसचिव कार्कीले यस समस्याको दीर्घकालीन समाधान खोज्न सरोकारवालाहरूसँग आगामी दिनमा पनि निरन्तर छलफल जारी राख्ने प्रतिबद्धता जनाए।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.