रसायन कारखानामा आगलागी, १२ सय बासिन्दा स्थानान्तरण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २०, बुधबार १६:३२

एजेन्सी । दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङस्थित एक रासायनिक कारखानामा आगलागी भएपछि १२ सयभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

जिनिङ जिल्लामा रहेको युनान हाओमिङ फाइन फस्फोरस केमिकल कम्पनीमा पहेँलो फस्फोरस लोड गर्ने क्रममा आगलागी भएको जिल्ला प्रशासनले जनाएको छ। फस्फोरस सल्किँदा फैलिएको हानिकारक धुवाँले आँखा, नाक र श्वासप्रश्वासमा समस्या ल्याएपछि वरपरका बासिन्दालाई खाली गराइएको हो।

Advertisement

हाल आगलागी नियन्त्रणमा आइसकेको छ भने मानवीय क्षति भएको छैन। कम्पनीको उत्पादन स्थगित गरी वातावरणीय प्रभाव मूल्याङ्कन र घटनाको अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.