सहिद घोषणापछि रविन्द्र मेहताको अन्त्येष्टि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २७, बुधबार १८:५७
सहिद घोषणापछि रविन्द्र मेहताको अन्त्येष्टि

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनामा ज्यान गुमाएका १९ वर्षीय रविन्द्र मेहताको बुधबार अपराह्न अन्तिम दाहसंस्कार गरिएको छ । काठमाडौंबाट हेलिकप्टरमार्फत उनको शव देवानगन्ज ल्याइएपछि  अन्त्येष्टि गरिएको हो ।

गत साउन १० गतेको घटनामा परी गम्भीर घाइते भएका मेहताको काठमाडौंमा उपचारका क्रममा साउन  १९ गते निधन भएको थियो । सरकारले उनलाई सहिद घोषणा नगरेसम्म र दोषीलाई कानुनी कारबाहीको दायरामा नल्याएसम्म शव नबुझ्ने परिवारको अडानका कारण उनको शव काठमाडौंको त्रिवि शिक्षण अस्पताल मै रहेको थियो ।

Advertisement

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मेहतासहित सुनसरी र सिरहाका विभिन्न घटनामा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयपछि परिवारले शव बुझेर दाहसंस्कार गरेका हुन् । दाहसंस्कारका क्रममा स्थानीयवासी तथा आफन्तजनको ठुलो उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.