पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्चमा सुनुवाइ हुँदै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १०:२५

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदैछ । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको उक्त रिट न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेशी चढेको हो ।

रिटमा पत्रकार श्रेष्ठलाई बिना आधार र कारण पक्राउ गरी गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल थुनामुक्त गर्न माग गरिएको छ ।

Advertisement

दीपिका सिंहको जाहेरीका आधारमा व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराइएपछि अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न म्याद थप गरिएको थियो ।

प्रहरीले हिरासतमा लिएर अनुसन्धान अघि बढाएपछि श्रेष्ठकी पत्नीले सो कार्य गैरकानुनी भएको दाबी गर्दै सर्वोच्चको गएकी हुन् । आज हुने सुनुवाइबाट श्रेष्ठको थुनासम्बन्धी विषयमा सर्वोच्च अदालतले प्रारम्भिक आदेश जारी गर्ने अपेक्षा गरिएको छ ।

 

तपाइको प्रतिक्रिया
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताबारे अध्ययन हुँदै: गृहसचिव श्रेष्ठ
‘देउवाजी अभिभावक बन्नुस्, असन्तुष्ट पक्ष अहंकार छाडेर एकतामा आउनुस्’
प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु
सुरुङभित्र पहिरो खस्दा सात कामदारको मृत्यु, तीन बेपत्ता
ट्याक्टरमा काठ लोड गर्ने क्रममा किचिएर युवकको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.