इन्डोनेसियामा ६.४ म्याग्निच्युडको पराकम्प

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ३१, आइतबार ०७:१३
न्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पको

काठमाडौं । पूर्वी इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको भूकम्पको केही घण्टापछि नै देशको उत्तर सुमात्रा प्रदेशमा ६.४ म्याग्निच्युडको परकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु विज्ञान तथा भौगर्भिक निकाय (बिएमकेजी) ले जनाएको छ ।

भूकम्पपछि त्यहाँ थुप्रै परकम्प गएको बताइए पनि यो एकै दिनमा गएको दोस्रो शक्तिशाली कम्पन हो । पूर्वी इन्डोनेसियामा गएको ७.७ म्याग्निच्युडको भूकम्पले दर्जनौँ मानिसको ज्यान लिएको थियो र अस्थायी सुनामी चेतावनी जारी गरिएको थियो, जुन पछि हटाइएको थियो । बिएमकेजीका अनुसार पछिल्लो शक्तिशाली परकम्प स्थानीय समयअनुसार दिउँसो ५ः५४ बजे गएको थियो । यसको केन्द्रबिन्दु उत्तर सुमात्राको सिमालुन्गुनबाट करिब ११ किलोमिटर दक्षिणपूर्वमा जमिनमा  रहेको रयसको गहिराइ १६३ किलोमिटर रहेको बताइएको थियो ।

Advertisement

बिएमकेजीले परकम्पको प्रभाव उत्तर सुमात्राका धेरै क्षेत्रहरूमा महसुस भएको बताएको छ र यसमा सुनामीको सम्भावना नभएको जनाएको छ । अहिलेसम्म यसबाट भएको भौतिक वा मानवीय क्षतिको कुनै तत्काल रिपोर्ट आएको छैन । इन्डोनेसियाको पूर्वी फ्लोरेस टापु नजिक शक्तिशाली भूकम्प गएपछि शनिबार उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका समय अर्को शक्तिशाली भूकम्प आएपछि उद्धार कार्यलाई पनि प्रभावित पारेको थियो।

शनिबार बिहान गएको भूकम्पका कारण कम्तीमा ४७ जनाको मृत्यु भएको प्रकोप अधिकारीहरूले बताएका छन्।  राष्ट्रिय प्रकोप व्यवस्थापन एजेन्सी (बिएनपिबी) ले शनिबार साँझ मृत्यु हुनेको संख्या ४० बाट बढाएको हो । भूकम्पमा ५० जना घाइते भएका छन्।

इन्डोनेसियाको पूर्वी भागमा रहेको लोकप्रिय पर्यटकीय टापुमा भूकम्प जाँदा करिब १६० घर, दर्जनौँ शैक्षिक तथा स्वास्थ्य सुविधाहरू र अन्य सार्वजनिक भवनहरू क्षतिग्रस्त भएको बिएनपिबीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.