
एजेन्सी। भन्सार महसुल कम तोकिएका देशहरूमार्फत सामान पठाएर अमेरिकामा आपूर्ति गर्न चीनलाई क्यानाडासहित कयौँ देशले सघाएको आरोप अमेरिकाले लगाएको छ। अतिरिक्त भन्सार महसुल तिर्नबाट बच्न चीनलाई ४० भन्दा बढी देशले सहयोग गरेको ह्वाइट हाउसले बिहीबार जारी गरेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा क्यानाडा, भारत, मेक्सिको, जापान र दक्षिण कोरियालगायत देशको नाम पनि जोडिएको छ। यी देशहरूले चीनलाई १० अर्ब डलरभन्दा बढी महसुल तिर्नबाट बचाएको बताइएको छ। यस्तो व्यापारिक नीतिका कारण अमेरिकाले हजारौँ रोजगारी र अर्बौँ राजस्व गुमाउनुपरेको ह्वाइट हाउसका व्यापार सल्लाहकार पिटर नाभार्रोले बताएका छन्।
अमेरिका र चीनबीच एकअर्काको देशबाट आउने सामानमाथि अतिरिक्त शुल्क र प्रतिबन्ध लगाउने प्रतिस्पर्धा चलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने तय भएको भेटअघि यो टिप्पणी बाहिर आएको हो।
ह्वाइट हाउसले सार्वजनिक गरेको विवरण अनुसार कम शुल्क भएका तेस्रो देशहरूमार्फत ३० देखि ३०० अर्ब डलर बराबरका चिनियाँ सामान अमेरिका भित्रिएका छन्। चीनले तेस्रो देशहरूलाई ुट्रान्सफर स्टेसनुका रूपमा प्रयोग गर्दै सामानको उत्पत्ति स्थल लुकाउन पुनः प्याकेजिङ गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले यसलाई ‘कागजी कार्यमा लुकेको ठगी’ भनेको छ।
यस्ता भन्सार छली र फर्जी कागजात पत्ता लगाउन अमेरिकाले एआई ९कृत्रिम बौद्धिकता० उपकरणहरूसमेत परिचालन गरेको जनाएको छ। ट्रम्प र सीबीच सेप्टेम्बरमा अमेरिकामा हुने भेटवार्तामा यस विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।



















