
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरू आज (मंगलबार) सार्वजनिक गर्ने भएको छ। कांग्रेसले केन्द्रीय कार्यसमितिद्वारा पारित निर्णयहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागेको हो।
प्रवक्ता देवराज चालिसेका अनुसार निर्णयहरू सार्वजनिक गर्न मंगलबार दिउँसो ३ बजे सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको छ। २४ साउनदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार सम्पन्न भएको थियो।
महामन्त्री प्रदीप पौडेलका अनुसार विशेष महाधिवेशनपछि यो कांग्रेसको तेस्रो केन्द्रीय कार्यसमिति बैठक हो। बैठकमा पार्टीले हरेक सदस्यहरूलाई धारणा राख्नका लागि सात मिनेटको समय उपलब्ध गराएको थियो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यसँगै सुदूरपश्चिमबाहेकका प्रदेश सभापतिहरू पनि सहभागी थिए।

























