नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित

Share this
821shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर १, मंगलबार १५:१३

विराटनगर । स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा निजी क्षेत्रबाट उल्लेखनीय योगदान पुर्‍याउँदै आएको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड देशभरका स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गर्ने संस्था बनेको छ। आर्थिक वर्ष २०८१/८२ मा सर्वाधिक आयकर दाखिला गरेबापत नोबेलले नेपाल सरकारबाट उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको हो।

स्वास्थ्य तथा शिक्षा क्षेत्रतर्फ सर्वाधिक आयकर दाखिला गर्ने संस्थाका रूपमा नोबेलले यो सम्मान प्राप्त गरेको सातौँ पटक हो। यसअघि नोबेलले २०७५, ०७८, ०७९, ०८० र ०८२ मा सम्मानित भइसकेको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ का अवसरमा नोबेललाई सम्मानपत्र प्रदान गरेको हो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नोबेल मेडिकल कलेजकी बोर्ड सल्लाहकार सोइना शर्मालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए ।

सम्मानपत्रमा आर्थिक वर्ष २०८१/८२ को आय विवरणअनुसार स्वास्थ्य तथा शैक्षिक संस्थामध्ये सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको उल्लेख छ। सम्मानपत्रमा अर्थमन्त्री वाग्लेसँगै अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालको हस्ताक्षर रहेको छ। विभागले संस्थालाई बधाई दिँदै आगामी दिनमा पनि अन्य करदाताका लागि प्रेरणाको स्रोत बन्ने गरी योगदान जारी राख्ने अपेक्षा गरेको छ।

सन् २००४ मा स्थापना भएको नोबेल मेडिकल कलेज काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त संस्था हो। विराटनगरमा सञ्चालित यस कलेजले चिकित्सा तथा प्यारामेडिकल विषयमा अध्यापन गराउँदै आएको छ। साथै, पूर्वी नेपालसहित भारतको सीमावर्ती क्षेत्रका नागरिकलाई समेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

नोबेल मेडिकल कलेजको स्थापना र विस्तारमा डा. सुनील शर्माको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवामा निजी लगानी विस्तार गर्दै आएका शर्माकै लगानीमा काठमाडौंको सिनामंगल र भक्तपुरको दुवाकोटमा काठमाडौं मेडिकल कलेजसमेत सञ्चालनमा छन्।

चिकित्सा शिक्षा व्यवसायसँगै सार्वजनिक जीवनमा सक्रिय शर्मा नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापतिसमेत हुन्।

तपाइको प्रतिक्रिया
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
मोरङमा सेप्टिक ट्यांकीभित्र बालकको शव फेला
राजबहादुर शाह सर्वाधिक व्यक्तिगत करदाता घोषित
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.