
काठमाडौं । फिबा एसिया प्रिक्वालिफायर्समा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोली सोमबार युएई प्रस्थान गर्ने भएको छ ।
अगस्ट २४ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुने खेलाडीमा सदिश प्रधान (कप्तान), विनोद महर्जन (उपकप्तान), श्रेयसबहादुर शाह, असीम श्रेष्ठ, सौरभ श्रेष्ठ, निश्चल महर्जन, सुदीप पौडेल क्षेत्री, अजय कुश्वाह, कमल थापा, पेम्बा शेर्पा, सिमोन गुरुङ र प्रणयमान श्रेष्ठ रहेका छन् ।
अफिसियलमा नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, राजेन श्रेष्ठ र सरोजा कोइराला श्रेष्ठ, टिम व्यवस्थापकमा नरेन्द्र थापा, प्रमुख प्रशिक्षकमा सुशील गुरुङ, सहायक प्रशिक्षकमा आशिष न्यौपाने, फिजियोमा अभीप्सासिंह कोइराला, मेडिकलमा डा. रुपेश केसी र मिडिया अफिसरमा सिद्धार्थ खड्का रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहताले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।



















