नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ६, शनिबार १२:४९

काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ ले आज शनिबार बङ्गलादेश हाई–परफर्मेन्ससँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले पराजित भएको नेपाल ‘ए’ आजको खेलमा पुनरागमन गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्ने लक्ष्यमा छ।

डार्विनस्थित मारारा ओभलमा हुने खेल नेपाली समयअनुसार अपराह्न २ बजे सुरु हुने नेपाल क्रिकेट सङ्घले जनाएको छ।

Advertisement

पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको नेपाल ‘ए’ ले आज ब्याटिङ र बलिङ दुवैमा सुधार गर्दै बङ्गलादेश हाई–परफर्मेन्सलाई चुनौती दिने तयारी गरेको छ। प्रतियोगिताको सुरुआतमै हार बेहोरे पनि नेपालसँग लिग चरणमा सुधार गर्ने अवसर बाँकी छ।

नेपालले यसअघि गत वर्षको टप एन्ड टी–२० मा पनि बङ्गलादेश ‘ए’ विरुद्ध खेलेको थियो। उक्त खेलमा नेपाल २९ रनले पराजित भएको थियो। प्रतियोगितामा प्रत्येक टोलीले लिग चरणमा छ खेल खेल्ने भएकाले नेपाल ‘ए’ का लागि आजको खेलपछि पनि प्रतियोगितामा सुधार गर्दै अगाडि बढ्ने पर्याप्त अवसर रहेको छ।

तपाइको प्रतिक्रिया
विश्वकप फाइनलको झगडामा अर्जेन्टिनाका तीन खेलाडीलाई फिफाको प्रतिबन्ध
‘नेपालको अर्थतन्त्रमा सुधारका संकेत’
सोमबार विश्वासको मत लिँदै कोशीका मुख्यमन्त्री कार्की
पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
अदालत होइन, पार्टी कार्यालयमा बसेर संवाद गर्न विश्वप्रकाशको आग्रह
नेपाल ‘ए’ पहिलो जितको खोजीमा बङ्गलादेशसँग भिड्दै
मुस्ताङ भ्रमणमा प्रधानमन्त्री शाह, मालढुङ्गाबाट अघि बढ्यो टोली
बीपीको सशस्त्र संघर्षका संस्मरण समेटिएको ‘बीपी र विद्रोहका ती दिन’ इलाममा विमोचन
कोशीमा विद्युत् आपूर्ति भरपर्दो बनाउँदै खपत बढाउन ऊर्जामन्त्रीको निर्देशन
गरिमा चौधरीलाई न्याय माग्दै शान्तिवाटिकामा प्रदर्शन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×