मलेसियालाई हराउँदै नेपाल विजयी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ९, मंगलबार १४:५१

काठमाडौं। मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले अभ्यास खेलमा जित निकालेको छ । मंगलबार दिउँसो भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियालाई डकवर्थ लुइस पद्दतिको आधारमा ९ विकेटले हराएको हो ।

जितको लागि २ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले डकवर्थ लुइस पद्दतिको आधारमा २८ ओभरमा एक विकेटको क्षतिमा २ सय २९ रन बनाउँदै जित निकालेको हो । नेपालको लागि आसिफ शेखले शानदार सतक बनाए । उनले ८५ बलमा १ सय ६१ रन बनाए । उनलाई अर्जुन कुमालले ८२ बलमा अवजित ६१ रन बनाउँदै साथ दिए ।

Advertisement

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको छ । मलेसियाका लागि मुहम्मद स्याहादात रामलीले सर्वाधिक ६१ रन बनाए ।

त्यसैगरी सैफुल्लाह मलिकले ४५, साइद अजिजले ४० र विरानदीप सिंहले ३९ रनको योगदान दिए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । त्यस्तै करण केसीले २ विकेट लिदाँ ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×