विराटनगरको रथयात्राका क्रममा हालसम्म ९० जना पक्राउ

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २०, शनिबार १९:०३

विराटनगर । विराटनगरमा जारी ५९औँ राधाकृष्ण रथयात्राका क्रममा प्रहरीले हालसम्म ९० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८९ जना पुरुष र एक जना महिला रहेका छन् ।

रथयात्रामा सहभागी हजारौँको भिडमा चोरी, पाकेटमारी, उच्छृङ्खल, अवाञ्छित तथा शंकास्पद गतिविधि गर्ने व्यक्तिलाई नियन्त्रणमा लिने गरिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार पक्राउ परेकालाई वडा प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।

Advertisement

रथयात्रा जारी रहेकाले पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ । भिडभाडको मौका छोपेर हुन सक्ने चोरी, पाकेटमारी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको कटवालले बताए ।

उनका अनुसार रथयात्राको सुरक्षा व्यवस्थालाई प्रहरीले उच्च प्राथमिकतामा राखेको छ । भिडको अवस्था र सम्भावित जोखिमको निगरानीका लागि ड्रोनसमेत प्रयोग गरिएको छ ।

प्रहरीले रथयात्रामा सहभागी भक्तजन तथा सर्वसाधारणलाई भिडभाडमा सावधानी अपनाउन, आफ्ना सामानको सुरक्षा गर्न तथा बालबालिका र वृद्धवृद्धाको विशेष ख्याल गर्न आग्रह गरेको छ । कुनै चोरी, झगडा, शंकास्पद गतिविधि, दुर्घटना, व्यक्ति हराउने वा अन्य समस्या भए तत्काल १०० नम्बरमा सम्पर्क गरेर घटनाको जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावितलाई प्रधानमन्त्रीको ढाडस: ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ’
बाढी प्रभावितलाई प्रधानमन्त्रीको ढाडस: ‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ’
विराटनगरमा भव्य रथयात्रा, संकलित भेटी बाढीपीडितलाई (फोटो फिचरसहित)
विराटनगरको रथयात्राका क्रममा हालसम्म ९० जना पक्राउ
विराटनगरको रथयात्राका क्रममा ७५ जना पक्राउ
विराटनगरमा ऐतिहासिक राधाकृष्ण रथयात्रा जारी
बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख
बाढीपीडितका नाममा आफ्नै क्युआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ
भिडियो भाइरल भएपछि विराटनगरबाट दुई युवक पक्राउ, किशोरीले नै भनिन्– ‘दुर्व्यवहार भएको छैन’
विराटनगरमा सुरु भयो ऐतिहासिक राधाकृष्ण रथयात्रा (फोटाहरुसहित)
अमेरिकी दूतावासको ट्राभल एडभाइजरी : रसुवागढी-टिमुरे क्षेत्र ‘लेभल–४’मा
बाढी प्रभावित क्षेत्रमा खोज-उद्धारमा कमी हुन नदिन आईजीपीको निर्देशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×