राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

Share this
713shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २२, सोमबार १५:०४
राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको आज स्थलगत अवलोकन गरेपछि राष्ट्रपति पौडेल काठमाडौं फर्किएर राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

राष्ट्रपति पौडेलले बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा स्थलगत जानकारी लिने कार्यक्रम छ । प्रभावित क्षेत्रको अवलोकनपछि काठमाडौं फर्किएलगत्तै उनले राष्ट्रका नाममा सम्बोधन गर्ने सचिवालयले जनाएको छ ।

Advertisement

राष्ट्रपति पौडेलले बाढी प्रभावित क्षेत्रका स्थलगत अवलोकन गरी प्रभावित बासिन्दाहरुसँग कुराकानी गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×