भोटेकोशी बाढीः १ हजार ३५७ को मृत्यु पुष्टि

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १४:४४

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २३ गते अपराह्न १ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त तथ्य पुष्टि गरेको हो ।

प्राधिकरणका अनुसार विभिन्न स्थानबाट शव फेला परेका छन् । जसमा चितवनमा ३६३, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, धादिङमा ७०, गोरखामा ७५ र तनहुँमा ३८ वटा शव तथा मानव अङ्गहरू फेला परेका छन् । फेला परेका शवमध्ये हालसम्म १०२ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ ।

Advertisement

हालसम्म कुल ५ हजार ३२६ जना मानिसहरू सम्पर्कविहीन रहेका छन्। जसमा रसुवा जिल्लाबाट मात्रै २ हजार ८६० जना बेपत्ता छन् । बेपत्ता हुनेहरूमा रसुवाका १ हजार ३९३, अन्य जिल्लाका १ हजार २८६, नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५, सशस्त्र प्रहरीका १२, सरकारी कर्मचारी ७३ र बैङ्क तथा वित्तीय संस्थाका २६ जना कर्मचारी छन् । यसका अतिरिक्त नुवाकोटबाट करिब १ हजार ९८१ जना नेपाली नागरिक र करिब ५८७ जना विदेशी पर्यटक अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

विपद्पछि तीव्र पारिएको खोजी तथा उद्धार अभियानमार्फत हालसम्म १३ हजार ५८३ जनाको सकुशल उद्धार गरिएको छ । बाढीमा परी घाइते भएका ६ हजार ८२७ जनाको उपचार भइरहेको छ । उद्धार कार्यका लागि नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९१२ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ गरी कुल २१ हजार ४०२ जना सुरक्षाकर्मी मैदानमा खटिएका छन् ।

विस्थापित नागरिकका लागि रसुवामा ६६९, नुवाकोटमा २ हजार ६५१ र धादिङमा २१३ गरी कुल ३ हजार ५३३ जनालाई ३९ वटा होल्डिङ सेन्टरमा राखिएको छ । सरकारले रसुवा र नुवाकोट जिल्लालाई १(१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ वटा पालिकालाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×