जेनजी आन्दोलनको अपमान सह्य हुँदैन : गृहमन्त्री

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २३, मंगलबार १५:४२

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनको इतिहासलाई गलत ढंगले व्याख्या नगर्न पुराना राजनीतिक दलका नेताहरूलाई चेतावनी दिएका छन् ।

उनले आन्दोलनमाथि प्रश्न उठाउनु वा त्यसको अपमान गर्नु लाखौँ युवामात्र नभई देशका ३ करोड नेपाली जनताको अपमान हुने बताए । जेनजी सहिद स्मृति दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले जेनजी आन्दोलन नेपालको इतिहासमा स्थापित भइसकेको दाबी गरे ।

Advertisement

उनले इतिहासलाई आफ्नो अनुकूल व्याख्या गर्ने प्रयास नगर्न पुराना दलका नेताहरूलाई आग्रह गरे । ‘अझै पनि पुराना दलका केही साथीहरूले हाम्रो आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरिरहेको देखिन्छ । त्यो दिन इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन,’ उनले भने, ‘इतिहास फेर्ने कोसिस पनि नगर्नुस् ।’

गुरुङले जेनजी आन्दोलनको पक्षमा नेपाली जनताले दिएको समर्थनबाट यसको वैधानिकता पुष्टि भएको दाबी गरे । आन्दोलनलाई अपमान गर्नेहरूले जनताको भावनाको अपमान गरिरहेको उनको भनाइ थियो ।

‘यो आन्दोलनलाई अपमान गर्नुहुन्छ भने तपाईंले ३ करोड नेपाली जनतालाई अपमान गरिरहनु भएको छ । त्यसैले सुध्रिनुस्, अझै पनि समय छ,’ उनले भने । उनले पुरानो राजनीतिक सोचबाट नयाँ नेपाल निर्माण हुन नसक्ने पनि बताए । जेनजी आन्दोलन सत्ताप्राप्ति वा शक्तिको प्रदर्शनका लागि नभएको उनको दाबी थियो ।

गृहमन्त्री गुरुङले सुशासनको माग गर्दै आन्दोलनमा उत्रिएका युवामाथि तत्कालीन सरकारले गोली चलाएको आरोप पनि लगाए । उनले जेनजी आन्दोलनका मागलाई सरकारले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले देशमा सुशासन स्थापना गर्ने उद्देश्यका साथ आफूहरूलाई अगाडि सारेको बताए । आफूहरू सत्ताको लोभ वा शक्तिको घमण्डमा नरहेको दाबी गर्दै गुरुङले सरकारका मन्त्रीहरूले निरन्तर काम गरिरहेको बताए । आफूले जिम्मेवारी निर्वाह गर्दा सानो कमजोरीसमेत नहोस् भनेर सचेत रहने गरेको उनको भनाइ थियो ।

‘मलाई सुत्न पनि डर लाग्छ । कुनै दिन मबाट कुनै कमजोरी पो भइहाल्ने हो कि, सय दिनुपर्नेमा ९९ मात्र पो दिने हो कि भन्नेमा सचेत छु,’ उनले भने, ‘म आफूले सक्ने हरदम प्रयास गरिरहेको छु । म मात्र होइन, हाम्रो सरकारका सबै मन्त्रीले काम गरिरहनु भएको छ ।’

तपाइको प्रतिक्रिया
प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित 
प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित 
प्रधानमन्त्री राहत कोषमा १२ अर्ब रुपैयाँ जम्मा
भदौ २३ को जेनजी आन्दोलन : इटहरीमा दुई जनाको मृत्यु, विराटनगर शान्त
कांग्रेसले फेरि सार्‍यो तल्लो तहका अधिवेशन, गाउँ–नगर अधिवेशन ३ र ४ असोजमा
जेनजी आन्दोलनको अपमान सह्य हुँदैन : गृहमन्त्री
जेनजी आन्दोलनको एक वर्ष : छानबिनका प्रतिवेदन थन्किए, कारबाहीमा सरकार उदासीन
सरकारको विरोध गर्दा जेनजी आन्दोलनका घाइते पक्राउ
खरानीको थुप्रोमा उभिएर भविष्य खोज्दै छौँ: मुख्यमन्त्री कार्की
जेनजी आन्दोलन नयाँ जागरणको विस्फोटः लामिछाने
भोटेकोशी बाढीः १ हजार ३५७ को मृत्यु पुष्टि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×