प्याब्सनद्वारा विपद् राहतका लागि ६० लाख रुपैयाँ सहयोग

Share this
648shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार ११:१३
प्याब्सनद्वारा विपद् राहतका लागि ६० लाख रुपैयाँ सहयोग

झापा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले विपद्बाट प्रभावित नागरिक तथा परिवारका लागि ६० लाख रुपैयाँ सहयोग रकम संकलन गरेको छ। प्याब्सन नेपालको केन्द्रीय आह्वानमा सञ्चालित राहत अभियानअन्तर्गत झापा शाखाले यो रकम जुटाएको हो । संकलित रकम प्याब्सन नेपालमार्फत नै विपद् प्रभावित क्षेत्रमा पुर्‍याइने र वितरण गरिने जनाइएको छ ।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीका अनुसार यो अभियानमा जिल्लाभरका शिक्षक, विद्यार्थी, अभिभावक र सदस्य विद्यालयहरूको सक्रिय सहभागिता रहेको थियो । बाढी लगायत प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई तत्काल राहत आवश्यक परेको भन्दै झापा शाखाले द्रुत रूपमा अभियान अघि बढाएको बताइएको छ ।

Advertisement

अध्यक्ष कार्कीले अभियानमा योगदान गर्ने सबै शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय तथा अन्य सहयोगदाताप्रति आभार व्यक्त गर्दै विपद्को घडीमा सामूहिक सहभागिताको महत्त्व औँल्याएका छन् । प्याब्सन झापाले यसलाई निजी विद्यालय क्षेत्रलाई शैक्षिक गतिविधिका साथसाथै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय बनाउने प्रयासका रूपमा लिएको छ ।

तपाइको प्रतिक्रिया
अस्पतालबाहिरै बच्चा जन्माएपछि छानबिनमा स्वास्थ्य मन्त्रालय
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी
जलवायु परिवर्तनको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः प्रचण्ड
उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा
भोटेकोशी बाढीमा १ हजार ३ सय ७७ जनाको मृत्यु, ५ हजार १ सय ३० बेपत्ता
‘फैसला कार्यान्वयनमा देखिएका अस्पष्टता हटाउन सरकार गम्भीर’
उद्योगीप्रति मन्त्रीको अभिव्यक्तिमा महासंघको आपत्ति
 एसीसी कप: उपाधिका लागि शनिबार नेपालले युएईसँग खेल्ने 
एसीसी कप: उपाधिका लागि शनिबार नेपालले युएईसँग खेल्ने 
अगस्ट महिनामा विश्वभर सबैभन्दा बढी तापक्रम
कांग्रेसको नेतृत्वमा विपक्षी दलको बैठक सुरु 
कांग्रेसको नेतृत्वमा विपक्षी दलको बैठक सुरु 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×