बाढीमा बेपत्ताको खोजी जारी, सुखद समाचारको आशा मारेका छैनौँ : लामिछाने

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १६:०५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले बाढीमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि प्रयास भइरहेको र अझै सुखद समाचारको आशा कायमै रहेको बताए ।

‘उद्धार अझै जारी छ । हामीले अझै पनि सुखद समाचारको आशा मारेका छैनौँ,’ उनले भने । लामिछानेले बाढीका कारण ज्यान गुमाएकाहरूलाई केवल ‘प्राकृतिक विपत्तिका मृतक’ का रूपमा हेर्न आफूहरू तयार नरहेको बताए । पछिल्लो विपत्तिले जलवायु परिवर्तनको असरका कारण नेपालले ठूलो मूल्य चुकाउनुपरेको उनको भनाइ थियो ।

Advertisement

उनले विपद्का घटनालाई सामान्य प्राकृतिक प्रकोपका रूपमा मात्रै नहेरी त्यसका कारण र जोखिम न्यूनीकरणका उपाय पहिचान गर्नुपर्ने बताए । भविष्यमा यस्ता विपद्का घटना र त्यसबाट हुने क्षति न्यूनीकरणका लागि राज्यले दीर्घकालीन र गम्भीर कदम चाल्नुपर्नेमा पनि उनले जोड दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×