मनोसामाजिक परामर्शपछि मात्रै बाढी प्रभावित विद्यालयमा नियमित कक्षा

Share this
676shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २४, बुधबार १७:१३
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं । शिक्षा विभागले रसुवा जिल्लाको भोटेकोशी बाढीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज (बुधबार) जारी गरेको पत्रमा बाढीका कारण विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठनपाठन सुरु गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ ।

Advertisement

विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ । आवश्यकता देखिएमा मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई विद्यार्थी नियमित कक्षाका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागले जनाएको छ ।

बाढीका कारण विद्यार्थीको सिकाइमा पर्न सक्ने प्रतिकूल प्रभाव कम गर्न सुरक्षित तथा बालमैत्री वातावरणमा विद्यालय सञ्चालन गर्न पनि विभागले आग्रह गरेको छ । प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखी विद्यालय, स्वास्थ्य संस्था र अन्य सरोकारवाला निकायबीच आवश्यक समन्वय गर्न विभागले निर्देशन दिएको हो ।

तपाइको प्रतिक्रिया
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग
बाढी पीडितका लागि तेरापन्थी समाजद्वारा ५ लाख सहयोग
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव
चाडपर्व नजिकिँदै बजारमा चिनीको अभाव
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग
बाढीपीडितको राहतका लागि हिसान मोरङद्वारा ५४ लाख सहयोग
ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण
ब्राइट भिजन ल कलेजमा बीएएलएलबीका विद्यार्थीलाई अभिमुखीकरण
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा
मोरङ कारागारमा मोबाइल र १० लाख नगद भेटिएपछि सुरक्षा प्रश्नमा
सुनसरीका सांसद साह उद्योगमन्त्रीमा सिफारिस
राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जाने, अरु के के निर्णय गर्यो सरकारले ?
भोटेकोशी बाढी : पूर्वाधारमा एक खर्ब ९० अर्बको क्षति
विपद् न्यूनीकरणदेखि ग्यास आपूर्तिसम्म सरकारको ध्यानाकर्षण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×