दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ

Share this
773shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २५, बिहीबार २०:१६
 दीपककुमार साह उद्योगमन्त्री नियुक्त, लिए शपथ

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई उद्योगमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री साहले आज (बिहीबार) शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

Advertisement

यसअघि अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×