माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २६, शुक्रबार १४:२०
चट्याङ लागेर सुनसरीमा युवकको मृत्यु

झापा । झापाको झिलिमिले नहरमा करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको मृत्यु भएको छ । चौधरीले बिएण्डसी मेडिकल कलेजबाट बिजुलीको लाइन तानेर नहरमा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक विद्युत् प्रवाह भई बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाराको करैयामाई गाउँपालिका–८ का २५ वर्षीय चौधरी बिएण्डसी मेडिकल कलेजका कर्मचारी हुन् । करेन्ट लागेर घाइते भएका चौधरीलाई सोही अस्पतालमा उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×