तिम्बुङ पोखरी ट्रेल रनमा सञ्जय र कमला विजयी

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २७, शनिबार १५:३७
तिम्बुङ पोखरी ट्रेल रनमा सञ्जय र कमला विजयी

पाँचथर । पूर्वको चर्चित पर्यटकीय गन्तव्य तिम्बुङ पोखरी क्षेत्रमा आयोजित अन्तर्राष्ट्रिय ट्रेल रन प्रतियोगिताको २१ किलोमिटर दौडमा पुरुषतर्फ इलामका सञ्जय राई (समीर) र महिलातर्फ डोल्पाकी कमला (सुनसरी) क्षेत्री प्रथम भएका छन् ।

राईले २१ किलोमिटर दूरी १ घण्टा २४ मिनेटमा पूरा गर्दै पुरुषतर्फ उपाधि जितेका हुन् । सोलुखुम्बुका अर्जुन कुलुङ राई दोस्रो तथा ताप्लेजुङको मैवाखोलाका फुर्वालाक्पा शेर्पा तेस्रो भए ।

Advertisement

महिलातर्फ क्षेत्रीले १ घण्टा ४६ मिनेटमा दूरी पूरा गर्दै पहिलो स्थान हासिल गरिन् । पाँचथरकी अन्जना लिम्बू दोस्रो भइन् ।

प्रतियोगितामा ५२ जना धावक सहभागी थिए । प्रतियोगितामा पुरुष तथा महिला दुवैलाई प्रथमले ८३ हजार ५२५ र दोस्रो ६३ हजार ५२५ रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे ।
स्थानीय क्षेत्रबाट प्रतियोगितामा सहभागी भई उत्कृष्ट प्रदर्शन गर्दै प्रथम भएका भरत बाँनियालाई पनि ३३ हजार ५ सय २५ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×