भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या चौध सयनजिक

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३१, बुधबार ०६:४६

काठमाडौं । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको संख्या चौध सयनजिक पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हालसम्म एक हजार ३९९ जनाको शव फेला परिसकेको छ ।

प्राधिकरणले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै शव चितवनमा फेला परेका छन् । चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेका हुन् । उपचारका क्रममा काठमाडौंमा थप दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

Advertisement

फेला परेका शवमध्ये हालसम्म १०४ जनाको मात्र सनाखत भएको छ । पहिचान हुन नसकेका शवको सनाखतका लागि डीएनए परीक्षणलगायतका प्रक्रिया अघि बढाइएको छ ।

बाढीपछि ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार हालसम्म पाँच हजार १७९ जना सम्पर्कविहीन रहेका छन् । उद्धार टोलीले प्रभावित क्षेत्रमा खोज तथा उद्धारको कामलाई निरन्तरता दिइरहेको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ ।

विपद्पछि प्रभावितको मानसिक तथा स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । यस्तै, नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श दिइएको प्रवक्ता महतको भनाइ छ ।

तपाइको प्रतिक्रिया
‘जीवनभर नभएको निन्दा यी तीन दिनमा खेपेँ’: सभापति थापा 
संसदीय समितिको प्रतिवेदन सरकारले गम्भीरतापूर्वक लिनुपर्छः थापा
सर्तसहित सार्वजनिक यात्रुवाहक सवारीको दर्ता खुला
भोटेकोशी बाढीको वैज्ञानिक आधार खोज्न विज्ञ समिति गठनको तयारी
रास्वपा सांसद प्रसाईंको प्रश्नः विषम परिस्थितिमा सरकार किन गैरजिम्मेवार ?
मोरङका ५ सहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण
सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति
भारतीय राजदूत श्रीवास्तवको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
उदयपुरमा ट्रक र हायस ठोक्किँदा १७ जना घाइते
घुस प्रकरणमा सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष र उनका छोराविरुद्ध आरोपपत्र
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×