संसदीय विशेष समिति गठनको खाका अझै टुंगिएन

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १३:४३

काठमाडौं । भोटेकोशी विपद् तथा जलवायु परिवर्तनसँग सम्बन्धित विषय अध्ययन गर्न प्रस्तावित संसदीय विशेष समितिको गठन र कार्यादेश (टीओआर)का विषयमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

समिति कस्तो आकारको बनाउने, यसको कार्यअवधि कति राख्ने र जिम्मेवारी के–के हुने भन्ने विषयमा बिहीबार दलका नेताहरूबीच छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको हो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा छलफल भएको थियो ।

Advertisement

छलफलमा सहभागी एमाले सांसद पद्मा अर्यालका अनुसार समितिको स्वरूप, समयावधि र कार्यक्षेत्रका विषयमा छलफल भए पनि सहमति हुन सकेन । उनका अनुसार अर्को बैठकबाट सहमति जुटाउने प्रयास गरिनेछ ।

कांग्रेस सांसद निश्कल राईले भने समितिलाई सानो आकारको बनाउनुपर्ने पक्षमा आफूहरू रहेको बताए । उनका अनुसार कांग्रेसले तीन महिनाका लागि समिति गठन गर्ने र आवश्यक परे कार्यअवधि थप गर्न सकिने प्रस्ताव गरेको छ ।

‘हामीले ३ महिनाको समिति बनाऔँ, आवश्यक पर्‍यो भने पछि समय थपौला’, राईले भने, ‘यसमा पक्ष–प्रतिपक्ष भन्दा पनि विपदमा सबै एक हुनुपर्छ ।’ तर, रास्वपाले भने संसद्मा दलहरूको उपस्थितिका आधारमा समितिमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेपछि सहमति जुट्न नसकेको राईले बताए ।

‘फाइभ इज टु वानका आधारमा समिति गठन गरौँ भनेर प्रस्ताव गरेका थियौँ । संयोजक पनि ग्राभिटी भएको नेता बसौँ भन्दा उहाँहरूले संख्यात्मक आधारमा हुनुपर्छ भनेकाले निष्कर्षमा पुगेनौँ’, उनले भने । समितिको आकार, प्रतिनिधित्वको अनुपात, संयोजक चयन तथा कार्यअवधिजस्ता विषयमा दलहरूबीच थप छलफल आवश्यक देखिएको छ । अर्को बैठकमा यी विषय टुंग्याउने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया
विदेशी हस्तक्षेपबारे सरकारसँग जवाफ माग्दै श्रम संस्कृति पार्टी
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रारम्भिक मतदाता नामावली
सरकारबाट पहल नभए फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउने एन्फाको भनाइ
बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप
अस्पतालबाहिर सुत्केरी प्रकरणः स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस
अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
एक वर्षमा अख्तियारमा ४० हजारभन्दा बढी उजुरी
चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण
प्रमुख प्रशासकीय नहुँदा विराटनगरमा ६० करोडको भुक्तानी अड्कियो
गुटको घेराबाट बाहिर निस्कन डा. कोइरालाको आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×