चिलिमे सुरुङमा भेटिएका ५ शव परिवारलाई हस्तान्तरण

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन १, बिहीबार १४:२५

रसुवा। चिलिमे जलविद्युत केन्द्रमा फसेका पाँच जना कर्मचारीको शव सम्बन्धित परिवारजनलाई आज (बिहीबार) हस्तान्तरण गरिएको छ । चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले भोटेकोशी नदीमा बाढी आउँदा केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव पहिचान भई परिवारजनलाई हस्तान्तरण गरिएको बताए ।

सो विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको  ‘कन्ट्रोल रुम’ क्षेत्रमा बुधबार अपराह्न उनीहरूको शव फेला परेको थियो। प्रबन्ध निर्देशक महर्जनका अनुसार केन्द्रभित्र फेला परेका शव नेपाली सेनाका हेलिकप्टरमार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो । उद्धारका लागि नेपाली सेनाका बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र प्राधिकरणका कर्मचारी खटेको थियो ।

Advertisement

भोटेकोशी नदीको सतहबाट २० मिटर उचाइमा रहेको सुरुङ भन्दा करिब ८५ मिटर माथिसम्म पुगेको बाढीले सुरुङ पुरिएको तथा ११ वाट क्षमताका दुई वटा टर्वाइनसहित सम्पूर्ण संरचना ध्वस्त भएको प्रबन्ध निर्देशक महजर्नले जानकारी दिए ।

यसैगरी, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारसहित राहत वितरण कार्य जारी रहेको, क्षतिको विवरण संकलनका लागि एक महिनाको समय तोकी कार्यादेशसहित २५ सदस्यीय समिति गठन भइसकेको, नदीमाथि तुइन तथा फड्के निर्माण भई आवतजावतलाई सहज बनाएको र बाढीपछिको सम्भावित हैजा तथा विपद्जन्य महामारीलगायत रागको रोकथामका लागि आवश्यक औषधिसहित जनशक्तिको व्यवस्था गरेको बताए ।

तपाइको प्रतिक्रिया
जलवायु न्याय र क्षतिपूर्तिको विषय महासभामा सशक्त रूपमा उठाइने
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संकलन भयो साढे १४ अर्ब
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
भोटेकोशी बाढीमा ६७७ मजदुर सम्पर्कविहीन, ५१५ ट्रक तथा कन्टेनर हराए
विदेशी हस्तक्षेपबारे सरकारसँग जवाफ माग्दै श्रम संस्कृति पार्टी
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो प्रारम्भिक मतदाता नामावली
सरकारबाट पहल नभए फिफाको निर्देशनअनुसार गतिविधि अघि बढाउने एन्फाको भनाइ
बंगलादेशमा दशकौँयताकै गम्भीर दादुरा प्रकोप
अस्पतालबाहिर सुत्केरी प्रकरणः स्वास्थ्यकर्मीमाथि कारबाही सिफारिस
अख्तियारको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
एक वर्षमा अख्तियारमा ४० हजारभन्दा बढी उजुरी
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×