
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज (शुक्रबार) बस्ने भएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बस्न लागेको हो।
बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइएको छ । बैठकमा महत्त्वपूर्ण प्रशासनिक निर्णयसँगै आवश्यक अन्य विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।



















