
काठमाडौं । कानुनसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन प्रधानन्यायाधीश मनोजकुमार शर्मा चीन प्रस्थान गरेका छन् ।
चीनको ग्वाञ्जाओमा चाइना ल सोसाइटीले आयोजना गरेको चाइना फोरम अफ इन्टरनेशनल लेगल कोअपरेशन कार्यक्रममा सहभागी हुन चीन प्रस्थान गरेको सर्वोच्च प्रशासनले जनाएको छ ।
उनको टोलीमा सर्वोच्च अदालतका मुख्यरजिष्ट्रार विमल पौडेल र उपरजिष्ट्रार राजेन्द्र पौडेल सहभागी छन् । शर्मा आउँदो असोज ८ गते चीनबाट फर्कनेछन् ।


















