हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु

Share this
673shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ४, आइतबार १९:०३

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा हावाहुरीका कारण भाँचिएको रुखको हाँगाले लागेर आइतबार एक जना महिलाको मृत्यु भएको छ ।

बर्जु गाउँपालिका–६ चिमडीका हेमनारायण यादवकी श्रीमती ३८ वर्षीया सीता यादवको मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताए । उनका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर सीता बर्जु तालनजिकै गाईवस्तुका लागि घाँस काट्न गएकी थिइन् ।

Advertisement

सोही क्रममा अचानक आएको हावाहुरीले सिमलको रुखको हाँगा भाँचिएर उनलाई लागेको थियो । हाँगाले किचिएर गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि विराटनगरको मोरङ सरकारी अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि दिउँसो ४ः२८ बजेतिर मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगियो ।

विराट पुर्याएको केहीबेरमै सीतालाई चिकित्सकले मृत घोषणा गरिदिएको डीएसपी खड्काले बताए । इलाका प्रहरी कार्यालय दुहबीका इन्स्पेक्टर शिवराम थापा नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
एमाले सचिवालय बैठक सकियो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बोलाउने निर्णय
भरत दाहाल पक्राउ प्रकरण : कोशीका पूर्वमन्त्रीको अश्लील स्टाटस
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
एसियाली खेलकुद: कराँतेमा नेपालका तीन खेलाडी पदकबाट वञ्चित
६ हजारभन्दा बढी वडामा कांग्रेसको अधिवेशन, मोरङ–६ सहित केहीमा बाँकी
हावाहुरीले भाँचेको रुखको हाँगाले लागेर सुनसरीमा महिलाको मृत्यु
महासभामा भोटेकोशी विपदको विषय उठाउन रास्वपाको निर्देशन
रास्वपा सचिवालय बैठकका सात निर्णय : अनुशासन आयोगमा १० जना थपिए, तीन विभागमा नयाँ जिम्मेवारी
परराष्ट्रमन्त्री न्युयोर्कतर्फ
काजकिस्तानमाथि नेपालको शानदार जित 
काजकिस्तानमाथि नेपालको शानदार जित 
मोरङमा पक्राउ परेका राजनीतिक विश्लेषक भरत दाहाललाई काठमाडौं पठाइयो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×