नेपाल–भारत सीमा क्षेत्रमा मैत्रीपूर्ण भलिबल, सशस्त्र प्रहरी विजयी

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ५, सोमबार १९:३६
नेपाल–भारत सीमा क्षेत्रमा मैत्रीपूर्ण भलिबल, सशस्त्र प्रहरी विजयी

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–८ हरिश्चन्द्रगढीस्थित नेपाल–भारत मुख्य सीमा स्तम्भ नं. १६१ को सिक्टी सीमा इलाकामा नेपाल र भारतका सुरक्षाकर्मीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल सुरक्षा गुल्म हेडक्वार्टर बरडंगाका टोली र भारतीय सशस्त्र सीमा बल (एसएसबी) ५२ बटालियन हेडक्वार्टरअन्तर्गत ए सिक्टीबीच भएको प्रतियोगितामा सशस्त्र प्रहरी बल विजयी भएको हो । सशस्त्र प्रहरीले एसएसबीलाई २–० को सोझो सेटमा पराजित गर्दै विजयी भयो ।

Advertisement

प्रतियोगितामा सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारी र भारतीय सशस्त्र सीमा बल एसएसबी ५२ बटालियनका प्रमुख नितुल कुमारसहित सुरक्षाकर्मीको सहभागिता थियो ।

सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीबीच आत्मीयता, आपसी समन्वय, विश्वास र सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यले मैत्रीपूर्ण खेल आयोजना गरिएको जनाइएको छ । यस्ता खेलकुद गतिविधिले अनुभव आदान–प्रदानका साथै सीमा क्षेत्रमा शान्ति तथा सुरक्षामा प्रभावकारी भूमिका निर्वाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मैत्रीपूर्ण कार्यक्रमले दुई देशका सुरक्षाकर्मीबीचको सम्बन्ध थप मजबुत बनाउँदै तनाव न्यूनीकरण र सहकार्यको वातावरण निर्माणमा योगदान पुग्ने विश्वास लिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×